मंसिर ८, सिराहा। कल्याणपुर नगरपालिका ११ लवका टोलमा शनिबार बेलुका कल्याणपुर बजारबाट डोकहातर्फ जाँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिँदा मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ ।
मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिँदा गम्भीर घाइते भएका सोही ठाउँका २० वर्षीय इनरजित यादवको मुशरनिया स्थित आर के मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।