• २०८१ फाल्गुन २ गते शुक्रवार

नेकपा सांस्कृतिक महासंघको एकता टुंगियो

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ८,काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनसंगठन जनसांस्कृतिक महासंघ, नेपालले १५१ सदस्यीय एकीकृत केन्द्रीय समिति र घटकीय संस्थाको नेतृत्व टुंगो लगाएको छ ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकतापछि जनसंगठनको इञ्चार्ज, सहइञ्चार्ज, संयोजक र सहसंयोजक तोकिएसँगै दुवै जनसांस्कृतिक मोर्चाले केन्द्रीय सदस्यहरु चयन गरेका हुन् ।

महासंघका कार्यालय प्रमुख प्रेमनाथ अधिकारीका अनुसार महासंघका र सातैवटा घटक संगठनका केन्द्रीय सदस्यसमेत गरी ७२० जना संस्कृतिकर्मीको सपथ ग्रहण कार्यक्रम पार्टीका शीर्ष नेताको उपस्थितिमा यही मंसिर २८ गतेका लागि तय गरिएको हो ।

यसअघि नेकपाको राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल किसान महासंघले केन्द्रीय कमिटीलाई पूर्णता दिइसकेका छन् । निर्माण व्यवसायी, कानून र इञ्जिनीयरिङ क्षेत्रका संगठनको एकता पनि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस