• २०८१ माघ २६ गते शनिवार

नवलपरासीको सिद्धार्थ सेकेन्डेरी स्कुल गोबरहियाले १५ जनालाई सम्मान

पढ्न लाग्ने समय : १ मिनेट
  • विमल भट्टराई/ईन्दिरा विश्वकर्मा,सुनवल

कार्तिक ७, नवलपरासी । नवलपरासीको सिद्धार्थ सेकेन्डेरी स्कुल गोबरहियाले बिहिबार एक कार्यक्रमको आयोजना गरी १५ जनालाई सम्मान गरेको छ ।

विद्यालयका सस्थापक सुखाडि चौधरीको अध्यक्षता एंव नेपाल शिक्षक संघ प्रदेश नं ५ का सल्लाहाकार मोहन शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न शुभ दिपावलि तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यकममा सरावल गाउपालिकाबाट शिक्षक सेवा आयोग उत्तिर्ण १३ जना र एस्.ई.ईं २०७५ मा ४ जि.पि.ए ल्याउन सफल विशाल चौधरी र एम्.वि.वि.एस्.तर्फको प्रदेश परिक्षामा नेपाल प्रथम हुन सफल पाल्हिनन्दन ३ निवासी मोहम्मद नवाज अन्सारीलाई सम्मान गरिएको हो । कार्यक्रममा सरावल गाउपालिका वडा नं ४ सरावलका वडा अध्यक्ष छोटेलाल यादव ,सम्मानित शिक्षक नवराज भण्डारी, पत्रकार उमेश वि.क ले मन्तब्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस