• २०८२ जेष्ठ २ गते बिहिवार

भारतको नैनीताल घुम्न गएका नेपालीको कार चोरी

पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ७, काठमाडौं । भारतको उत्तराखण्ड राज्यस्थित प्रख्यात पर्यटकीय क्षेत्र नैनीताल घुम्न गएका नेपालीको कार चोरी भएको छ ।

सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरबाट नैनीताल घुम्न गएका नेपालीको कार चोरी भएको हो । अमेरिका बस्दै आएका दीपकराज घर आएको मौकामा आफ्नो परिवारजन र साथी लिएर नैनीताल घुम्न गएका थिए ।

गत सोमबार नैनीताल पुगेका उनीहरु चिडियाघर रोडस्थित एक होटलमा बसेका थिए । पार्किङ गरेको ठाउँबाटै राति कार चोरी भएको बताइएको छ ।

भारतीय अखबार ‘अमरउजाला’ को अनलाइन संस्करणमा जनाइएअनुसार तीन दिन बित्दासमेत प्रहरीले कार फेला पार्न वा चोरहरुको बारेमा पत्ता लगाउन सकेको छैन । होटल तथा आपसासका क्षेत्रमा रहेका सीसीक्यामेराको मद्दतबाट चोरहरुका बारेमा पत्ता लगाउने प्रयास भइरहे पनि सफलता मिल्न नसकेको उक्त अखबारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस