• २०८१ जेष्ठ ११ गते शुक्रवार

कांग्रेसको जागरण अभियान आज सम्पन्न हुने

पढ्न लाग्ने समय : १ मिनेट

आश्विन ७ काठमाडौँ, ।वीपी कोइरालाको १०६ औं जन्म जयन्तिको अवसर पारेर कांग्रेसले भदौ २४ गतेदेखि नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आज सम्पन्न हुने भएको छ ।

देशभर बिरुवा रोपेर सुरु भएको कांग्रेसको जागरण आज सरकारविरुद्ध प्रदर्शन गर्दै सम्पन्न हुन लागेको हो ।‘हिमाल, पहाड, तराई–मधेश जागरण’ नाम दिएर दोस्रो चरणको अभियान सुरु यस अभियानका क्रममा कांग्रेसले विभिन्न कार्यक्रमहरुको आयोजना गरेको थियो । अभियानको उद्घाटनका दिन कांग्रेसले तीन सय ३० वटै प्रदेशसभा निर्वाचन क्षेत्रहरुमा एक सय छ बिरुवाका दरले वृक्षरोपण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस