• २०८१ फाल्गुन ७ गते बुधवार

व्यवसायीहरुले घटेको मूल्यमा ग्याँस बेचेनन्, कारवाही गर्ने निगमको चेतावनी

पढ्न लाग्ने समय : १ मिनेट

असोज ७, काठमाडौं । नेपाल आयल निगम (एनओसी)ले घटेको मूल्य अनुसार ग्याँस कारोबार नगर्ने व्यवसायीहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

सोमबार निगमले एक विज्ञप्ति जारी गर्दै बजार अनुगमनका क्रममा पुरानै मूल्यमा एल.पी ग्याँस कारोबार भइरहेको पाइएकाले त्यसो नगर्न आम ग्याँस व्यवसायीलाई सचेत गराएको हो । अन्यथा निगम कडा कारबाही गर्न बाध्य हुने जारी विज्ञप्तिमा उल्लेख छ ।

एनओसीले गत असोज ३ गते मध्यरातदेखि लागु हुने गरी एल.पी ग्याँसको मूल्य समायोजन गरेको थियो । खुद्रा मूल्यमा प्रति सिलिण्डर १३७५ रुपैयाँ रहेको मूल्यमा २५ रुपैयाँ घटाएको थियो । तर, अनुगमनका क्रममा निगमले व्यवसायीहरुले पुरानै मूल्यमा ग्याँसको कारोबार गरिरहेको पाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस