आश्विन ७ काठमाडौँ । नेपाल प्रहरीको केन्द्रद्धारा परिचालित विशेष टोलीले विप्लव नेतृत्वको नेकपाका उपत्यका व्युरो इञ्चार्ज नवीन बीके पक्राउ परेका छन् ।
यसअघि प्रहरीले उपत्यका इञ्चार्ज माइला लामालाई पक्राउ गरेको थियो । त्यसपछि विप्लव समूहले विकलाई लामाले सम्हाल्दै आएको उपत्यका इञ्चार्जको जिम्मेवारी दिएको थियो ।