• २०८१ जेष्ठ ७ गते सोमवार

नेकपा र सीपीसीका नेताहरुवीच सम्झौता पत्रमा हस्ताक्षर

पढ्न लाग्ने समय : १ मिनेट

असोज ७ काठमाडौं ।नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सीपीसीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओको उपस्थितिमा हुन लागेको सम्झौतापत्रमा उच्च स्तरीय भ्रमण आदान–प्रदान तथा दुई पार्टीवीचको सहयोग सम्बन्धमा हस्ताक्षर हुने नेकपा नेताहरुले बताएका छन् ।

नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र सीपीसीका विदेश विभाग प्रमुख सोङ ताओले पनि समझदारीपत्रमा हस्ताक्षर गर्नेछन् ।नेकपा र सीपीसीका नेताहरुवीच सोमबारदेखि काठमाडौंमा दुईदिने विचार आदान–प्रदान कार्यक्रम भइरहेको छ । कार्यक्रमको दोस्रो दिन दुई पार्टीवीच औपचारिक सम्झौता–पत्रमा हस्ताक्षर हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस