आश्विन ७ नवलपरासी,। सोमबार राति ना ७ ख ८६४२ नम्बरको बस नवलपरासी बर्दघाट सुस्ता पुर्वको मध्यबिन्दु नगरपालिका-१० मा बस पल्टिँदा चालकको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन ।
नियन्त्रण गुमाएर पल्टिँदा बसका चालक हेटौंडाका ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको हो ।घाइते भएका तिमिल्सिनाको भरतपुर स्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।दुर्घटनामा घाइते भएका १० जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, ४ जनाको भने नवलपुरमा र १ जनाको कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ ।कति यात्रु सवार थिए भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।