• २०८१ जेष्ठ ७ गते सोमवार

प्रधानमन्त्रीले दिए राष्ट्रकवि घिमिरे लाई जन्मदिनको शुभकामना

पढ्न लाग्ने समय : १ मिनेट

असोज ७ काठमाडौं ।विक्रम संम्वत् १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा जन्मिएका राष्ट्रकवि माधवप्रसाद घिमिरे आजबाट १०१ वर्षमा प्रवेश गरेका हुन् ।घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् ।

उनले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख प्रबन्धजस्ता अनेकौं विधा उपविधाहरूमा सिर्जना दिँदै आइरहेका छन् ।घिमिरे दीर्घजीवन ज्युने साहित्य सर्जकमध्ये एक हुन् । अघिल्लो वर्ष उनको स्वास्थ्यमा समस्या आएको थियो । भारतबाट उपचार गरेर फर्किएपछि उनको स्वास्थ्य अवस्था राम्रो रहेको पारिवारिक सदस्यहरूले बताएका छन् ।

घिमिरेको जन्मदिनका अवसरमा विभिन्न व्यक्तित्वहरूले उनको सुस्वास्थ्य र दीर्घायुको कामना गरेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार एक शुभकामना सन्देश जारी गर्दै घिमिरेबाट देशले अझै सिर्जना प्राप्त गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस