• २०८२ जेष्ठ ७ गते मङ्गलवार

बर्दियामा १५ लाख बराबरको अबैध खसी र बोका सशस्त्र प्रहरीको नियन्त्रणमा

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा/महेन्द्र सिंह

भाद्र ७, बर्दिया  बर्दियामा तस्करी गर्दै रहेको अवस्थामा खसी बोका सहितको एक ट्रक सशस्त्र प्रहरी सीमा सुरक्षा बर्दियाले नियन्त्रणमा लिएको छ ।

भारतबाट अवैध रूपमा चोर बाटो हुदै नेपाल भित्राई काठमाडौँतर्फ लैजान लागेको ना ६ ख ९४९२ नं को सो ट्रक सहित १ सय ४४ वटा खसी सशस्त्र प्रहरी बर्दियाले नियन्त्रणमा लिएको हो ।

खसी र बोका सहितको उक्त ट्रक गुलरिया नगरपालिका १२ स्थित टेशनपुरबाट नियन्त्रणमा लिएर भन्सार कार्यालयमा गुलरियामा बुझाइएको सशस्त्र प्रहरी सीमा सुरक्षा बर्दियाका प्रहरी प्रमुख एसपी यादव विश्वकर्माले बताए ।

तस्करहरुले बर्दियाबाट पछिल्लो समय बिना भन्सार भारतीय खसी र बोकाहरू नेपाल भित्र्याउने र काठमाडौँसम्म पुर्याउने सम्म गरेका छन् । नजिकिदै गरेको दशै तिहार चाडबाडको बेला खसि बोकाको व्यापार अझ वढ्ने भएका कारण तस्करी अझ मौलाउदै जाने भएकाले अझ थप कडाईका साथ प्रहरी परिचालन हुने सशस्त्र प्रहरी सुरक्षा बर्दियाका प्रमुख एसपी विश्वकर्माले बताए ।

बरामद गरिएको खसि र बोकाको सरकारी मूल्याङ्कन १४ लाख ७० हजार रुपैया रहेको गुलरिया छोटि भन्सार कार्यालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस