• २०८२ बैशाख ५ गते शुक्रवार

बाँकेमा तिब्र गतिका कारण हाईस दुर्घटना, ४ जना घम्भिर घाइते

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा/महेन्द्र सिंह

भाद्र ७,  बाँके ।  दाङबाट नेपालगन्ज जादै गरेको बा २ ख १८९७ नम्बरको हाइस नेपालगन्जको सडक विभाग नजिक गए राती साढे नौ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँके प्रहरी प्रबक्ता डिएसपी प्रकाश सापकोटाले बताएका छन् ।

घाइते हुनेहरुमा नेपालगन्ज वडा नम्बर १८ का १८ वर्षीय वारिस वेहना, नेपालगन्ज वडा नम्बर १८ का ३८ वर्षीय चक्र बहादुर रावत , बर्दिया मधुवन नगरपालिका वडा नम्बर ५ कि ४२ वर्षीया टीका देवकोटा र नेपालगन्जकै मेराक अली साही रहेका छन । घाइतेमध्ये वारिस बेहना चक्र बहादुर रावत र टीका देवकोटाको अवस्था गम्भीर रहेको छ। घाइतेहरुको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ।

तिव्र गतिका कारण गाडी दुघटना भएको र गाडिका चालक फरार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख पबिन्द्र बमले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस