• २०८० मङ्सिर २५ गते सोमवार

इलाममा जंगली जनावरको आतंक

पढ्न लाग्ने समय : २ मिनेट
  • गोबिन्द पौडेल, इलाम समाचारदाता

साउन ८, इलाम । मेहनत गरेर लगाएको बालीनाली र पशुपक्षिहरु जंगली जनावरले नास गरिदिने भएपछि इलामे किसानहरु चिन्तित बनेका छन् । पछिल्लो समयमा पाक्न लागेको मकै जंगली जनावर बदेलले रातारात सखाप पारिदिन थालेपछि किसानहरु पिडीत बनेका हुन ।

बिगत चार पाच बर्षयता रातको समयमा हुलका हुल आउने जंगली जनावर बदेलले किसानले लगाएको मकै, आलु इस्कुस जस्ता बालीनालीहरुमा राज गर्न थाले सँगै आतंक नै मच्चाउन थालेको छ ।

हिजो रातीमात्रै निस्कीएको एकहसल बदेलले रोङ ६ का किसान गोपीकृष्ण भण्डारीको मकैको बगान स्वाहा बनाएको किसान भण्डारीले बताए । इलामको रोङ, माइजोगमाइ गाउपालिका र सुयोदय नगरपालिकाका किसानहरुले बिगत आठ दश बर्षदेखी बदेलको आतंक सामाना गरिरहेका छन् । बदेल मात्र हैन बालीनालीमा काला दुम्सी, मृग को राज त छदैछ पालेका पशुहरुमा चितुवा र स्यालको बिगबिगिले पनि किसानहरुलाइ हैरान बनाएको छ । केही दिन अघिमात्रै रोङ ६ का किसान ढकाल र बुद्ध प्रधानको बाख्रा र खसी खोरबाट नै चितुवाले खाइदिएको थियो ।

यसरी कृषि र पशुपालनबाट नै भबिष्य बनाउने अठोट गरेका किसानहरुको लागि जंगली जनावरको बिगबिगीले निरास बनाएको किसानहरुको गुनासो रहेको छ । जसको परिणाम पनि युवाहरु बिदेश पलायन हुने गरेको र खाद्यान्न र तरकारीमा परनिर्भर हुनु परेको किसानहरुको भनाइ रहेको छ । पछिल्लो समयमा घरेलु हतियारहरु प्रसासनले सार्वजनिक सुचना प्रकासन गरि नियन्त्रणमा लिएपछि जंगली जनावरहरुको सिकार घटेको कारण जगली जनावरको संख्यामा बृद्धि हुदा यसको बिगबिगी बढेको हो ।

प्रतिक्रिया दिनुहोस