• २०८२ जेष्ठ २ गते बिहिवार

रियल म्याड्रिडसँग आर्सनल पराजित

पढ्न लाग्ने समय : २ मिनेट

साउन ८, काठमाडौं । प्रिसिजन टुर अन्तर्गत इन्टरनेसनल च्याम्पियन्स कपमा स्पेनिस जाइन्ट किलर रियल म्याड्रिडले इङलिस क्लब आर्सनललाई पराजित गरेको छ । बुधबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा रियलले आर्सनललाई टाइब्रेकरमा ३–२ गोलले हरायो ।

निर्धारित समयमा २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा रियल भाग्यमानी बन्यो । पहिलो हाफमा २–० गोलले पछि परेको रियलले दोस्रो हाफमा उत्तकृष्ट पुनरागमन गरेको थियो ।

रियल खेलको नवौं मिनेटमै १० खेलाडीमा समेटिएको थियो । रियलका नाचो फर्नान्डेज दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए ।

लगत्तै आर्सनलले पेनाल्टीमा गोल गर्दै सुरुवाती अग्रता लियो । १०औं मिनेटमा आर्सनलका अलेक्सआन्द्रे लाकाजेट्टीले पेनाल्टीको सुदुपयोग गर्दै खाता खोले । २४औं मिनेटमा पिर्रे एम्रिम अउबामियाङले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए । आर्सनल ४०औं मिनेटमा १० खेलाडीमा सिमति बन्यो । आर्सनलका सोक्रेट्स पापास्ताथोउलस दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए ।

त्यसपछि जोसिएको रियलले दुई मिनेटको अन्तरमा दुई गोल गरेको थियो । आर्सनलका लागि ग्याथेथ बेलले ५७औं मिनेटमा पहिलो गोल फर्काए । यसअघिका खेलमा बाहिर राखिएका बेलको उत्कृष्ट प्रदर्शनमा रियलले पुनरागमन गरेको थियो । ५९औं मिनेटमा मार्को असेसिन्योले गोलगर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

त्यसपछि टाईब्रेकरमा गएको खेलमा रियलले तीन गोल गर्यो । आर्सनलले दुईवटा मात्र गोल गर्न सक्यो । यससँगै आर्सनलको प्रिसिजनमा लगातार जितको यात्रा रोकिएको छ । यसअघिका तीन खेलमा आर्सनल विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस