• २०८० मङ्सिर २५ गते सोमवार

सुर्खेत उपत्यकाको तल्लो तटिय क्षेत्र डुवानमा,७ घर डुबायो

पढ्न लाग्ने समय : १ मिनेट

साउन ८,सुर्खेत । सुर्खेत उपत्यक वीरेन्द्रनगरको तल्लो तटिय क्षेत्र वडा नं ९ र १० लगाएतका स्थानमा आज राती परेको अविरल वर्षाले डुवानमा परेको छ ।

डुवानले ७ वटा घर डुबाएको छ भने मध्यारतमा ३० जनालाई प्रहरीले उद्धार गरेको छ । भने कुनै मानवीय क्षती भने नभएको वडा नं ९ का वडा अध्यक्ष सुरेश मानन्धरले बताए। भने वडा नं ९ स्थित पर्सेनिमा डुबानले पशुचौपाए पनि डुबेका छन् । राती परेको अविरल वर्षाले वीरेन्द्रनगरको ४ र १० नं वडामा ४ लेनको सडकमा निर्माणधिन पुलमा समेत क्षती पुगेको वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुबेदीले बताए । डुवानकै कारण लाटीकोइली र अलायचौर तथा घुस्रा र पर्सेनी जोड्ने सडक अवरुद्ध भएको छ ।

बाढीले क्षती पुर्याउन सक्ने भन्दै बाढी प्रभावित क्षेत्रका नागरिकलाई सजकता अपनाउन जिल्ला प्रशासन कार्यालय सुर्खेतका सुचना अधिकारी उत्तम शर्माले आग्रह गरेका छन् । जल तथा मौसम पुर्वानुमान शाखाले वर्षा बिहिवारसम्म हुने चेतावनि दिएको छ । पछिल्लो १२ घण्टामा वीरेन्द्रनगरमा १४६ मिलिमिटर वर्षा मापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस