• २०८१ चैत्र २ गते आइतवार

प्रधानमन्त्रीलाई खुला पत्र

पढ्न लाग्ने समय : ६ मिनेट

सम्माननीय प्रधानमन्त्रीज्यु न्यानो अभिवादन !
हुन त यसभन्दा पहिला पनि पत्रमार्फत देसका कुना कन्दरा र शहर वजारमा बसोवास गर्ने मानिसहरुको जीवन शैलिमा भिन्नता र यसले निम्त्याएको धनी र गरीवविचको असमनतावारेमा यहाँलाई पत्रमार्पmत अवगत गराइ नै राखेको थिँए तै पनि देशमा जव जव विद्धान र विदुषीहरु शिक्षित भई दिक्षीत हुन्छन् ”चाहे जुनसुकै पार्टीका किन नहुन” आफ्नो विद्धताको सहि प्रयोग गर्लान भन्दा झन झन समस्याहरुको पोका थप्दै गएको आभास अहिले विभिन्न समाचार माध्यमबाट थाह पाउन सकिन्छ किनकी जति पनि टेलिभिजन या समाचार माध्यमहरु छन् ।

ती प्रायः सवैमा सरकारको नकारात्मक कामको त कुरै छोडौं सकारात्मक कामको पनि खण्डन नै गरिराखेका हुन्छन् जसले गर्दा सर्व साधारण जनताको माझमा सरकारको कामको मूल्याँकन वारेमा विभिन्न टिका टिप्पणीहरु आइनै रहन्छ तर भन्नेले जेसुकै भनेता पनि अहिलेको ने.क.पा.को सरकारका हरेक तह र तप्कामा वसेर काम गर्ने जिम्मेवार व्यक्तिहरुले पहिला आफ्नो काम, कर्तव्य र अधिकारमा विचलन ल्याउन भएन र यदि कुनैपनि विभाग या मन्त्रालयको जिम्मेवारी सम्हालेका व्यक्तिहरुबाट जनताको हितको लागि काम गरिएन भने सायद बोरामा कुहिएको आलु फ्याकिदियो भने वाँकि आलु त कुहिदैन र सम्पूर्ण जनमानसमा सरकारको सकारात्मक कामको चर्चा परिचर्चाहरु हुन्छन् ।

भनिन्छ नि ”भोक, रोग र भयले दरिद्रता, चोरी र डकैतीलाई निम्त्याउँछ” नेपाल विश्व मान चित्रमा विभिन्न जात जातीहरु, भाषा भाषीहरु मिलेर वसेको सानो देश हो तथापी सास्कृतिक, धार्मिक तथा आर्थिक विविधतामा पनि सामाजिक एकता नै यो देशको सम्झनालायक नमुना हो तर यति हुँदा हुदै पनि विगत लामो समयदेखि देशमा विभिन्न व्यबस्थाहरु प्रिवर्तन भए तर गरीवका झुपडीहरुको अवस्थालाई निगरानी गरिएन । निगरानी गरियो त केवल चुनावको समयमा मात्र । लामो संघर्ष र कयौं नेपाली जनताको त्याग र वलिदानपश्चात् प्राप्त भएको गणतन्त्रलाई संस्थागत गर्दै लैजाने क्रममा विभिन्न तहका चुनावहरु भए र विश्व इतिहासमा कम्युनिष्टको दुई तिहाईको सरकार वन्न सफल भयो ।

बामपन्थी सरकारले नेपाली जनताको हक र हितको लागि दीर्घकालिन रणनीतिका कयौं कार्य योजनाहरुको तर्जुमा गरेतापनि जनताको दैनिक अति आवश्यकताका कुराहरु जस्तै गास, वास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीका सवालमा सन्तोषजनक भुमीका निर्वाह गर्न सकेको छैन कि भन्ने जस्ता कुराहरुमा आम सर्वसधारण जनमानसमा खुल्दुलीका आवाजहरुको गुन्जायस भइराखेको आभास हुन्छ ।

प्रधानमन्त्रिज्यु, गरीव झुपडीका जीवन वदल्न नेताको भाषण र कार्यक्रममा आसन ग्रहण गरेर मात्र हुँदोरहेनछ यसको लागि आवश्यक रहेछ इच्छा शक्ति र तत्परता ! आज भोली तपाईले केन्द्रको सिंहदरवारबाट जे देख्नुभएको छ, स्थानीय तह, गाउँ पाखा,उकाली ओराली र भन्ज्यांङ्ग अनि चौतारीहरुमा जिउने मानिसहरुको यथार्थता भिन्न छ । विगतको लामो इतिहास सम्झिने हो भने राजनीतिक अगुवाहरुले शक्ति र सत्ताको लागि देसका गहनाहरु जल, जमिन, जंगल र जडिबुटीहरुलाई विदेसीकासामु बन्दकी मात्र राखेनन् उल्टो राजिनामा नै गराएर सत्ताको लोभ र मोहमा रमाएर आफु मात्र होइन आफ्ना सात पुस्ताहरुलाई रमाउने धन कमाए र यसको फलस्वरुप नेपाली जनताले दण्ड सजाय पनि दिए र अहिले कम्युनिष्टहरुको सत्ता हुँदा सवै जनता हरेक कुराहरुमा यति आशावादी छन कि केन्द्रदेखि स्थानीय तहसम्मको सरकारको हरेक काम कारवाहीप्रति निगरानी बढाइराखेका छन् तर अभैmपनि गरीवका झुपडीहरुमा न गासको लागि आगो बल्न सकेको छ, न त नांङ्गा आंगहरुले लुगा र कपासको महशुस गर्न सकेका छन् !

तसर्थ ”भाइ फुटे, ग्वाँर लुटे” भनेजस्तो हिजो रावणको साथमा विभिषण जस्ता विद्धान भाई भइदिएको भए पक्कै पनि रामसँगको युद्धमा हार्नुपर्ने थिएनहोला, अनि जंगलको वास भएतापनि रामका भाइहरुले उनलाई साथ नदिएको भए रावणसँगको युद्धमा जित हात लाग्ने थिएनहोला । त्यसैले पार्टीको केन्द्रमा एकता भएतापनि तल्लो तहमा एकताको सन्देस नजाँदा आम जनमानसमा ने.क.पा.पार्टीभित्र केहि खैला बैला भएको त छैन भन्ने भ्रम परेको आभास हुनथालेको छ । त्यसैले गोली, बोली र खोली अगाडि बढेपछि पछाडि फर्किन सक्दैन भनेजस्तो कम्युनिष्ट नेताहरुले जे बोल्छन् त्यो पुर्याएर छोड्नुपर्दछ कि बोल्नै हुँदैन र हाल मात्र पार्टीको केन्द्रदेखि कम्सेकम जिल्लास्तरसम्म एकिकरण प्रकृया सकिन त सकियो तै पनि मन मुटावका स्वरहरु गुञ्जाएस भइनै राखेका छन् र केन्द्रमा पनि स्कुल विभाग हेर्ने व्यक्तिको चयन गर्नको लागि फेरि पनि विवादको भूमरी शुरु भयो भन्ने हल्ला छ तर पार्टीको जिम्मेवार पद सम्हाल्दा भाग वण्डाको कित्ताकाँट नगरी विद्धान व्यक्तिहरुलाई पनि सम्झिनुपर्ने हुन्छ कि त ?

भाग वण्डाको राजनीतिक फाँटमा जव कित्ताकाँटको लडाइ गरिन्छ तब विकाश होइन विचलन शुरु हुन्छ किनकी सवैको ध्यान विकासतिर भन्दा नि आफ्नो मान्छे भर्ती गर्ने र विकासे वजेटलाई साउने भेलजस्तै असारे रोपाईसँग चटपार्नेतिर जान्छ र राज्यका संयन्त्रलाई विलासी वनाउन करको दायरालाई झन कसिलो वनाइन्छ अनि जनताको दैनिकी कष्टकर वन्दैजान्छ जसले गर्दा उत्पादीत सामानहरु कहिले मारामार पर्दछ भने कहिले वजार नपाएर सडकमा फालिन्छन् ।

यसरी जवसम्म राज्यले किसानद्धारा उत्पादीत सामानहरु सहि मुल्यमा वजारको ग्यारेन्टी दिँदैन तवसम्म विचौलिया दलालहरु मोटाउने तर किसान र उपभोक्तालाई भने मार परिराखेको हुन्छ । अर्कोतिर जुनसुकै पार्टीको सरकार भएतापनि जवसम्म कर्मचारी संयन्त्रमा सुधार आउँदैन अनि विचौलिया दलाल पुजिवादको ट्याग भिरेका माफियाको अन्त्य हुँदैन तवसम्म राज्यले विकासको काम अगाडि वढाउन धेरै कठीनाईहरु झेल्नपर्दछ र भ्रष्टाचारको अन्त्य पनि हुँदैन र यो त विगतको इतिहासले पनि देखाएको छ र यिनै विचौलिया दलालहरुले विगत, वर्तमानमा पनि छायाँ सरकारकोरुपमा राज्य संचालन गर्दै आइरहेका छन् । त्यसैले अहिलेका हरेक तहका सरकारले नेपाललाई साझा फुलवारी सम्झी झुट र लुटको राजनीतिबाट टाढा रहि स्वच्छ मनले जनताको सेवक बनि तपाइले सोचेजस्तै ” सुखि नेपाली, समृद्ध नेपाल” वनाउने प्रण गर्नेतर्पm ध्यान जान जरुरी देखिन्छ ।

अहिले हाम्रो समाजमा मान्,इज्जत र प्रतिष्ठाको केन्द्र विन्दु धन नै भएकोले हरेक मानिसहरुले धन कमाउनको लागि अनेक विकृति र विसंगतिका बाटाहरु रोजेका छन् जसले गर्दा दिन दाहाडै सडक पेटीमा गुण्डाहरुद्धारा निर्दोष मानिसहरु लुटिएका छन्, यातायातको सिन्डीकेट हटेको छैन, चालक र सहचालकद्धारा यात्रुहरुलाइ सास्ती दिइरहेका छन्, सडक पेटीहरु यातायातका साधन पार्किगंको स्थल बनेको छ, नीजि विद्यालयहरुका साहुहरु पैसा कमाउने धन्दामा मस्तछन्, सवै नभनौं कयौ सरकारी विद्यालय तथा कलेजहरु राजनैनिक अखडाको केन्द्र बिन्दु बनेका छन्, सुनिन्छ, लोक सेवा आयोगले लिने परिक्षामासमेत भित्रीरुपमा धाँदली हुन्छ भनेर र यसको उदाहरण हो त्रि वि.मा विद्धानहरुले वजारमा दाल चामल किने झै किनेका प्रमाण पत्रहरु, यसको साथै भन्सार, मालपोत र नापी विभागले जनता लुटन छोडेका छैनन्, चोरी, डकैती र बलात्कारका घटनाहरु आफै सेलाएका छैनन्, कहिँ कतै जनप्रतिनिधिहरुलाई समेत विलासिताको गाडि मोहले छोडेको छैन, तसर्थ प्रधानमन्त्रिज्यु, जसरी केन्द्र्र सरकारबाट जनताको हितको लागि दीर्घकालिन रणनीतिका कार्यहरु भैरहेका छन् ।

प्रदेस र स्थानिय सरकारबाट पनि जनताले यहि अपेक्षा गरेकाले तत्काल ती गरीवका झुपडीहरु पनि खुशि हुने वातावरण बन्यो भने बल्ल सम्पुर्ण जनताहरु  गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरहरुबाट टाढा रहनुपर्ने बाध्यात्मक परिस्थिति न्युन हुँदै जानेथियो कि ? र अन्तमा यदि यो पत्र तपाइको सामु पुग्यो र पढ्ने मौका पाउनुभयो भने म यहाँलाई के कुरा अवगत गराउन चाहान्छु भने जुनसुकै देसमा पनि सर्वसाधारण जनताकोलागि पहिलो प्राथामिकता भनेको स्वास्थ्य हो र यदि कुनै पनि व्यक्ति स्वस्थ छ भने उ हरेक काम गर्न सक्छ अनि दोश्रो आवश्यकता भनेको शिक्षा हो र यदि कुनैपनि व्यक्ति शिक्षाको ज्योतिबाट टाढा भएन भने उसको भविश्य पनि उज्जल हुन्छ तर अहिले नेपालमा सवभन्दा विकृति र विसंगति भनेको शिक्षा र स्वास्थ्य क्षेत्रमा छ किनकि आजभोली विभिन्न समाचार माध्यममा आइरहेको छ कि कयौ अस्पत्तालमा सामान खरिद गर्दाको भ्रष्टाचार अनि कयौं विद्यालय, कलेजहरुमा भएका घुसखोरी र प्रमाण पत्रको किनवेच !

यस्ता किसिमका विकृति र विसंगतिहरु भन्न पनि लाजमर्दो अवस्थाका छन् त्यसैले देसमा भएको भ्रष्टाचारको क्यान्सर रोग निको पार्ने औषधि पत्ता लगाउनको लागि प्रधानमन्त्रीको कार्यालयबाट नै विशेष पहल गरिएन भने यो देसको हरेक क्षेत्रमा विचौलियाहरुको रजाई अवश्यभावी छ र जसले गर्दा भ्रष्टाचारको रोग निको हुन पनि धेरै गाह्रो छ । तसर्थ अहिले व्यापक चर्चाको विषय वनेको भ्रष्टाचारको अन्त्यसँगै भ्रष्टाचारीको सम्पति सरकारीकरण गरी सम्पूर्ण जनताको लागि शिक्षा र स्वास्थ्य निशुल्क गरियो भने मात्र वल्ल जनताले कम्युनिष्ट सरकारको जय जयकार मनाउनेछन् अन्यथा विलासी जीवनसैलीको अवलम्वन गर्ने हो भने जनताको आशा निराशामा परिणत नहोला भन्न सकिन्न । हस्त पत्रबाट विदा हुन्छु ।

  • खिमराज गिरी मध्य नेपाल नगरपालीका २ लमजुग, हाल काठमाण्डौ ।
    ९८५११९२०८८
प्रतिक्रिया दिनुहोस