• २०८१ माघ २६ गते शनिवार

नक्कली सवारी चालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

असार  ९,  पर्सा । नक्कली सवारी चालक अनुमतीपत्र (स्मार्ट कार्ड) बनाउने कार्यमा संलग्न वीरगंज महानगरपालिका-१४ पिपरा बस्ने २८ वर्षीय सन्तोष राउत कुर्मीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले कुर्मीलाई नक्कली सवारी चालक अनुमतीपत्र (स्मार्ट कार्ड) १ थान सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस