असार ९,काठमाडौं । आजको नयाँ पत्रिका दैनिकले बिर्तामोड नगरपालिकाका मेयर ध्रुबकुमार सिवाकोटालाई क्षतिपूर्ति दिलाउने नाममा आर्थिक दुरुपयोग भएको समाचार मुख्य समाचारका रुपमा छापेको छ ।
स्थानीयको आन्दोलनका क्रममाम १० कात्तिक ०७४ मा घर र सवारीसाधनमा भएको क्षति नगरपालिका र बिमाबाट पूर्ति गरिसेकेका मेयरालाई २० र २३ को मन्त्रिपरिषद् निर्णयबाट ३० लाख दिएको हो । साथीको घरमा खेल्न गएका अर्जुनधारा–११ का बालक लक्ष्मण सिवाकोटी नजिकैको पोखरमिा मृत भेटिएपछि हत्याको आरोपमा स्थानीय आन्दोलित भएका थिए ।
आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर अर्जुनधारा–५ का ३२ वर्षीय नरेश थापाको पनि मृत्यु भएको थियो । घटनाले गम्भीर मोड लिँदासमेत मौन बसेको भन्दै १० कात्तिकको विरोध र्यालीमा पनि स्थानीयले मेयरसको शनिश्चरेस्थित साढे दुई तले घरमा ढुंगा प्रहार गरेका थिए । त्यस क्रममा केही झ्यालका सिसा फुटेका थिए भने नगरपालिकाबाट लिएको गाडी र निजी कारमा क्षति पुगेको थियो ।
विर्तामोडकै नेकपा कार्यकर्ता भन्छन, ‘मोटरसाइकलको क्षति बिमाले दिने हो, सरकारले होइन । घरमा बढीमा ६० हजारको क्षति भयो, ३० लाख किन ?’ त्यस्तै, सरकारी गाडी नगरपालिकाले नै बनायो, निजी गाडीको बिमा लिएको छोरा नै स्वीकार्छन्, चार लाख ५० हजारको बुलेट मोटरसाइकलको बीमा दाबी गर्नुको सट्टा सरकारी ढुकुटीबाट लिँदै छन् ३० लाख, मन्त्रिपरिषद्को निर्यायअनुसार अर्थले गृहमा पठायो रकम पत्रिकामा उल्लेख छ ।
यता मेयर भन्छन्, ‘बिमा कम्पनीले थोरै पैसा दिन्छु भन्यो, त्यसैले दिमाग खराब भएकाले लिइनँ । तर, मेयरकै छोरा नेपालरत्न भन्छन्, ‘ गाडीको क्षतिमा बिमाको पैसा लियौं बरु मोटरसाइकलको बीमा दाबी नै गरिएन ।
त्यसैगरी पत्रिकाले मंगलबारभित्र ७५३ वटै स्थानीय तहले बजेट ल्याउँदै शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ । ७५३ वटै स्थानीय तहले १० असारभित्रै बजेट ल्याउने भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत शुक्रबार सबै स्थानीय तहलााई आर १० भित्र नगर/गाउँसभामा बजेट पेस गर्न परिपत्र गरेको थियो ।
त्यसैगरी पत्रिकाले पाँच वर्षपछि बढ्यो प्रहरीको रासनभत्ता शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ । प्रहरीले झापामा १७९, उपचत्यकामा १९४ र ओलाङचुङगोलामा दैनिक ६१५ रुपैयाँ पाउने भएका छन् ।
सरकारले १ साउनदेखि लागू हुनेगरी बढेको रासनभत्ता दिन लागेको हो । सरकारले आगामी वर्षका लागि प्रहरीको रासन भत्तामा चार अर्ब ६४ करोड ९४ लाख रुपैयाँ छुट्याएको छ ।