• २०८१ असोज २६ गते शनिवार

कर्णाली राजमार्गमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

पढ्न लाग्ने समय : २ मिनेट

जेठ १०, दैलेख । कर्णाली प्रदेशको मुख्य राजमार्ग कर्णाली राजमार्ग अन्तर्गत दैलेखको गुराँस गाउँपालिका–१मा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सुर्खेतबाट विभिन्न सामानहरु बोकेर दैलेखको ठाटिकाँध गाउँपालिका जाँदै गरेको ना ८ ख ३२८३ नम्बरको मिनिट्रक बिहिबार साँझ दुर्घटना भएको भए पनि सुक्रबार बिहान १० बजे पछि खोजी कार्य भएको हो ।

दुर्घटनामा परी दैलेखको ठाटीकाँध गाउँपालिका ६ थापाटोलका गाडी मालिक ३० वर्षीय जोरसिंह थापा,२८ वर्षीय धर्मराज थापा र २५ वर्षीय दिपेन्द्र थापा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीले जानकारी दिए । सडक देखि करिब ४सय मिटर तल भिरमा ट्रक खसेको छ । आज बिहान करिब साढे १० बजे दुर्घटना भएको समाचार बाहिरीय पछि मृतकको उद्धारका लागि खोज भएको राजमार्गमा काम गरीरहेका एक श्रमीकले बताए ।

ट्रक दुर्घटना परि मृत्यु भएका तीनैको सनाखत भएको छ । सुर्खेतबाट खाद्यान्न लगाएतका विभिन्न सामाग्रीहरु बोकेर कर्णाली राजमार्ग हुँदै दैलेखको ठाटीकाँध तर्फ लागेको उक्त ट्रक गएराति सुर्खेतको वड्डीचौरमा ७ बजेर ५५ मिनेटमा ट्रक इन्ट्री गरेर आएकोले गएराति१० बजे दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । ट्रकमा पेट्रोलको भाँडा राखिएकोले दुर्घटना भएलगत्तै आगलागी भएर मिनीट्रकमा रहेका तीनै जनाको मृत्यु भएको प्रहरी निरीक्षक क्षेत्रीले बताए । मृतक तिनै जनाको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल दैलेख ल्याईएको छ । मिनिट्रकको आगोले गर्दा उक्त ठाउँमा रहेको जँगलमा समेत आगलागि भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस