जेष्ठ १०, काठमाडौँ । पाकिस्तानबाट कतारको दोहा हुँदै नेपाल आएका पाकिस्तानी नागरिक नसिर उद्दिनसहित अन्य ३ जनालाई ठूलो परिमाणको भारतीय नक्कली नोटसहित नेपाल प्रहरी र विमानस्थल भन्सारको संयुक्त टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

६७ वर्षीय नासिर उद्दिन
६७ वर्षीय नासिर उद्दिनसँगै आएका ४९ वर्षीय मोहम्मद अफ्तर र ३९ वर्षीय नदिया अनवरलाई प्रहरीले विमानस्थल भित्रको भन्सार क्षेत्रबाट पक्राउ गरेको हो। उनीहरुलाई लिन विमानस्थल पुगेका युनुस अन्सारीसहित अन्य २ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । युनुससँग रहेका सोहेल खान र गाडी चालकसुजन रानामगर पनि पक्राउ परेका हुन्।