• २०८२ बैशाख १७ गते बुधवार

काठमाडौंबाट धम्क्याएर रकम माग्ने २ जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

जेठ १०, काठमाडौं । अपहरण तथा गोली हानी मारी दिन्छु भनी धम्क्याउँदै रकम माग गर्ने २ जनालाई बिहीबार महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कैलाली टिकापुर नगरपालिका ९ घर भई हाल ललितपुर बालकुमारी बस्ने २४ वर्षीय लोकेन्द्र बहादुर शाही र कैलाली टिकापुर नगरपालिका ९ बस्ने २० वर्षीया रुबी ठाकुर रहेका छन् । उनीहरुले सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ६ घर भई हाल काठमाडौं महानगरपालिका १० बुद्धनगर बस्ने ४२ वर्षीय सिताराम कार्कीलाई विभिन्न फोन नम्बरहरुबाट एसएमएस गरी नगद ५ लाख रकम माग गर्नुका साथै उक्त रकम नदिए निजको छोरालाई अपहरण गरी गोली हानी मारी दिन्छु भनी धम्की दिएको सूचना प्राप्त हुनासाथ सो महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई काठमाडौं गौशालाबाट पक्राउ गरेको हो । साथै धम्काउन प्रयोग गरेको मोबाइल र सिम कार्ड समेत प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस