• २०८० असोज ५ गते शुक्रवार

तपाईको आज

पढ्न लाग्ने समय : २ मिनेट

वि.सं. २०७६ जेठ १० शुक्रबार। इ.स. २०१९ मे २४, ने.सं. ११३९ बछलागा। ज्येष्ठ कृष्णपक्ष। षष्ठी, ३०स् ०६ उप्रान्त षष्ठी।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा थकान महसुस हुनेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
दौडधुपमै समय बित्नेछ भने मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ। आँटेको काम बन्नाले भौतिक सुविधा बढ्नेछ। साथीभाइको आगमनले काममा हौसला जाग्नेछ। मनग्गे अर्थ लाभ पनि हुनेछ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
परिस्थितिअनुसार चल्न नसक्ता दु ख पाइनेछ। विश्वासपात्रबाट धोका पाइने समय छ, सजग रहनुहोला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ। फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। समयमा सजगता नअपनाउँदा शुभचिन्तकहरू टाढिन सक्छन्।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
परिवेश रमाइलो रहनेछ तर परिस्थितिले मन सशंकित रहनेछ। अवसर जुटे पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
पुरानो समस्या दोहोरिएला। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। समय दिन नसक्दा बन्न लागेको काम रोकिन सक्छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पार्न सकिनेछ। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ।

प्रतिक्रिया दिनुहोस