• २०८२ जेष्ठ ३२ गते शनिवार

काठमाडौं चन्द्रागिरी बाट अवैध लागूऔषध सहित २ जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ११, काठमाडौं । काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट सुर्खेत बीरेन्द्रनगर नगरपालिका-२ का २४ वर्षीय मिनबहादुर बोगटीलाई  अवैध लागूऔषध ब्राउन सुगर २ ग्राम सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ८९४६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार बोगटीलाई उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१० कपन मिलनचोकस्थित सडक किनाराबाट नियन्त्रित मनोद्धिपक लागूऔषध नाईट्राजेपाम (नाईट्राभेट) १ हजार ८९ ट्याब्लेट, कोडाइन, फोसफेट एण्ड कोरफेनिरमाइन मेल्टा सिरप १ सय एमएलको बोतल ६ थान सहित २ जनालाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महोत्तरी मनरा सिसवा नगरपालिका-१० का ३० वर्षीय बिशालकुमार झा र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-९ का २३ वर्षीय राम कार्की रहेका छ्न् । लागूऔषध नियन्त्रण व्यूरो काटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस