वैशाख ११,दैलेख । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोगमार्ग दैलेख सडक खण्डमा ५१ किलोमिटर सडक कालोपत्रे सुरु हुने भएको छ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने भगवतीमाई गाउँपालिका देखि पश्चिम आठबीस नगरपालिका सम्म १सय २६ किलोमिटर उक्त सडकल सञ्जाल जोडिएको छ ।
जिल्लाको पुर्वी र पश्चिम खण्डमा २/२ गरि ४ खण्डमा करिव ढेड अरव रकम बरावरको काम विभिन्न निर्माण कम्पनी मार्फत भैरहेको छ । पुर्वी भगवीमाई गाउँपालिका भित्र पर्ने खण्डको विवाद टुङगो लागेपश्चात मनघर —सदरमुकाम (नारायण नगरपालिका )लोहोरे खोला २२ किलोमिटर सडकको कालोपत्रे गर्ने तयारी गरिएको छ ।
दुईवटा कम्पनीले ठेक्का लिएको उक्त ठाउँमा खुलेको ठेक्का मध्ये ४२ प्रतिशत रकम घटेर ३६ करोड ५ लाखमा ११.८ किलोमिटर सडक कालोपत्रे गर्नका लागि शर्मा गजुरमुखिले काम लिएको छ । २०७७ असारमा काम सक्नुपर्ने भएपनि अहिले ५८ प्रतिशत काम सम्पन्न भएको ईन्जिनियर तुलाराम शर्माले बताए । सोही क्षेत्रमा रमन के.एस.जेभिले १० किलोमिटर सडक कालोपत्रेका लागि ३९ प्रतिशत ठेक्का घटेर २८ करोड २४ लाखमा २०७४ असारबाट काम सुरु गरेको थियो । ‘अहिले ६४ प्रतिशत काम सम्पन्न भैसकेको शर्माको भनाई छ ।’
यस्तै पश्चिमका ३ नगरपालिकामा पर्ने पुलबजार,जम्बुकाँध ,लैनचौर हुँदै चकत्रा २९किलोमिटर सडकखण्डको करिब १३.३ किलोमिटरमा काम धमाधम भएको छ । पुलबजार—लैनचौरमा ग्राभिलको काम भैराखेको छ । लैनचौर—चकत्रामा पप्पु हिमालयन जे.भि.ले ३८ प्रतिशत ठेक्का घटेर ४७ करोड ७८ लाखमा काम लिएको छ । ३९ प्रतिशत ठेक्का घटेर ३० करोड ६१ लाखको काम रमन के.एस.ले ठेक्का लिएको छ । सो क्षेत्रमा ग्राभिलको काम सकिएर छिट्टै कालोपत्रेको काम हुने कम्पनीका सहायक ईन्जिनियर हरि कार्किले बताए ।