बैशाख ११ । लोकतन्त्र वा प्रजातन्त्र शासनको एउटा व्यवस्था हो। यो व्यवस्था दुई प्रकारका हुन्छन्। प्रत्यक्ष प्रजातन्त्रमा शासनको दायित्व सीधा रूपमा शासित जनताले निर्वाह गर्दछन् भने प्रतिनिधिमूलक लोकतन्त्रमा शासनको दायित्व जनताद्वारा निर्वाचित प्रतिनिधिहरूद्वारा हुने गर्दछ। प्रायः, सानो जनसङ्ख्यामा प्रत्यक्ष र ठूलो जनसङ्ख्यामा प्रतिनिधिमूलक लोकतन्त्र बढी प्रभावकारी देखिन्छन् ।
राजनीतिक सिद्धान्तमा लोकतन्त्रले एउटा निश्चित प्रकारको शासन र सो सँग सम्बन्धित राजनीतिक विचारधारालाई जनाउंदछ। लोकतन्त्रको सर्वमान्य परिभाषा नभएतापनि यसका दुई प्रमुख सिद्धान्त छन् जुन लोकतन्त्रका कुनै पनि परिभाषामा देखा पर्दछन्। ती हुन् समानता र स्वतन्त्रता। यी सिद्धान्तहरूको प्रतिबिम्ब कानुन समक्ष सबै नागरिकहरू बराबर हुने र राज्यको शक्तिमा सबैजनाको समान पहुंच हुने व्यवस्थामा देखिन सकिन्छ।े साथै, सबै नागरिकले वैधानिक स्वतन्त्रतालाई उपभोग गर्न पाउँदछन् र नागरिकद्वारा यो स्वतन्त्रताको उपभोग गर्न पाउने व्यवस्था संविधानमा तोकिएको हुन्छ।
लोकतन्त्र एक यस्तो शासन व्यवस्था छ जसमा जनता आफ्नो शासक आफु नै छान्दछ । यो शब्द लोकतांत्रिक व्यवस्था र लोकतांत्रिक राज्य दुवैको लागि प्रयुक्त हुन्छ। यद्यपि लोकतन्त्र शब्दको प्रयोग राजनीतिक सन्दर्भमा गरिन्छ, तर लोकतन्त्रको सिद्धान्त दोश्रो समूहहरू र सङ्गठनहरूको लागि पनि संगत छ। सामांयतः लोकतन्त्र विभिन्न सिद्धान्तहरूको मिश्रण देखि बनेको छ । तर मतदानको लोकतन्त्रको अधिकांश प्रकारहरूको चरित्रगत लक्षण मानिन्छ।
लोकतन्त्रको परिभाषाको अनुसार यो जनता द्वारा, जनताको लागि, जनताको शासन हो। तर अलग अलग देशकाल र परिस्थितिहरूमा अलग अलग धारणाहरुको प्रयोगले यसको अवधारणा केहि जटिल भएको छ। प्राचीनकालदेखि नै लोकतन्त्रको सन्दर्भमा धेरै प्रस्ताव राखिएका छन्, तर यिनीहरू मध्ये धेरै कहिल्यै क्रियान्वित भएन।
नेपालमा लोकतन्त्र दिवस जनआन्दोलन २०६२/६३ सफल भएर राजाको प्रत्यक्ष शासन अन्त्य भई लोकतन्त्रको पुनर्स्थापना भएको सम्झनामा हरेक बैशाख ११ गते मनाइन्छ