• २०८२ बैशाख ५ गते शुक्रवार

सिके रावत र विप्लवका बारे प्रधानमन्त्री ओलीले संसदमा आज बोल्ने

पढ्न लाग्ने समय : १ मिनेट

चैत १०, काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले आज आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दैछन् ।

सरकारका काम कारवाही र निर्णयबारे सांसदहरुले पछिल्लो समय उठाएको प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिन लागेका हन् ।

सिके राउतसँग गरेको ११ बुँदे सहमति र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाएको विषयमा प्रतिपक्षि र सत्तापक्षबाटै पनि चर्को आलोचना भइरहेको छ ।

राजनीतिक माग बोकेका विप्लवलाई प्रतिवन्ध लगाएर सरकारले नै द्वन्द्व निम्त्याएको भन्दै संसदमा सरकारी निर्णय र सहमतिको चर्को आलोचना हुदै आएको छ भने राउत समुहबीच ११ बुँदे सहमतिपछि राउत राजनीतिक मुलधारमा आएको सरकारी पक्षले दावी गरेपनि सहमतिपछि पनि उनका गतिविधि शंकास्पद रहेको भन्दै आलोचना रोकिएको छैन । सिकेसँगको सहमतिले देश टुक्राउने अभियानमा रहेका राउतलाई सरकारले नै बैधानिकता दिएको मा पनि चर्को आलोचना भैराखेको छ ।

प्रतिक्रिया दिनुहोस