• २०८० मङ्सिर १६ गते शनिवार

काँग्रेसका प्रमुख तीन नेता जिल्ला भ्रमणमा

पढ्न लाग्ने समय : १ मिनेट

चैत १०, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता राचन्द्र पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंह र महामन्त्री डा. शशांक कोइराला जिल्ला भ्रमणमा निस्केका छन् ।

महामन्त्री डा. शशांक कोइराला आजबाट पश्चिम नेपालको भ्रमणमा निस्केका हुन् । उनको साथमा केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र कल्याण गुरुङ सहभागी छन् । महामन्त्री कोइरालाले पाँच नम्बर प्रदेशका विभिन्न जिल्ला भ्रमण गर्ने कार्यक्रम तय छ ।

आज बर्दियामा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुने उनि चैत्र ११ गते बाँकेमा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम छ । उनि बाँकेपछि दाङ जाने कार्यक्रम छ । कोइराला चैत्र १५ गते पाल्पा मा कार्यकर्ता भेलामा सम्बोधन गरेर त्यहि बस्ने कार्यक्रम तय भएको छ । यस्तै चैत १७ गते हुने काँग्रेस गुल्मी जिल्ला सम्मेलनमा सहभागि हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस