काठमाडौँ, १२ फागुन काठमाडौँको उत्तरी क्षेत्र गोलढुङ्गामा रङ्गशाला निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञबाट रु ५० लाख बराबर आर्थिक सङ्कलन भएको छ ।
गोलढुङ्गा खेलकूद समाजको आयोजनामा समाजका संस्थापक अध्यक्ष स्व सुदर्शन आचार्यको स्मृतिमा निर्माण गरिने प्रस्तावित ‘सुदर्शन गोलढुङ्गा स्मृति रङ्गशाला का लागि उक्त रकम सङ्कलन भएको हो ।
समाजको नाममा गोलढुङ्गामा हाल ७५ रोपनी जग्गा रहेको छ । फागुन ४ गतेदेखि शुरु भएको महायज्ञमा वाचन प्रवीण दिनबन्धु पोखरेलले कथावाचन गर्नुभएको थियो । महायज्ञ आज सम्पन्न भएको हो ।