काठमाडौं– नयाँ शक्ति पार्टीले केन्द्रीय सदस्य तथा प्रदेश ३ रसुवा निर्वाचन क्षेत्र ख बाट प्रत्यक्ष निर्वाचित सांसद प्रेम तामाङलाई निलम्बन गरेको छ ।
नेता तामाङले पार्टी नीति विपरित आर्थिक क्रियाकलाप गर्ने गरेको र संदिग्ध गतिविधिमा संलग्न भएको आरोप समेत सो पार्टीले लगाएको छ । आइतबार नया शक्ति केन्द्रीय कार्यालयका प्रमुख मोती रिजालले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य तामाङलाई निलम्बन गरिएको घोषणा गरेका छन् ।