तुलसीपुर, १२ फागुण । तुलसीपुरमा एक युवकले झुन्डिएर आत्म हत्या गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
तुलसीपुर ३ दमारगाउँ निवासी २३ वर्षिय रविन गोसाईले घरदेखी उत्तर तर्फ रहेको जंगलमा झुन्डिएर आत्महत्या गरेको बताईएको छ । गएराती घरबाट निस्किएका उनी आईतवार विहान खोजी गर्ने क्रममा जंगलमा भुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनको शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पोष्टमार्टम पछि आफन्तीले बुझि लिएको प्रहरीले बताएको छ ।
आत्महत्या गर्नुको कारण भने नखुलेको र घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । मृतक गोसाईका श्रीमती र नौ महिनाका एक छोरा रहेको बताईएको छ । tulsipurkhabar बाट साभार