लाग्दै छ अब जिन्दगी मेरो खास भएन
तर हेर्नुहोस कहिल्यै मन उदास भएन ।
हरपल रोई रहदा यी नयन तिम्रो
सामु खै किन तिम्रो दिलमा मेरो बास भएन ।
परीक्षा दियौ मलाई प्यारको कलासमा
प्रेमको अर्थ बुझे तर पनि पास भएन ।
बेकसुर अपराधी ठहर गरिदा मलाई
महोदय दोषीको कहिल्यै तलास भएन ।
प्रेमिल छुरा यो मुटुमा चलाई गयौ तिमी
त्यसैले फेरि आउछौ भन्ने आँस भएन ।
- उपेन्द्र पि एम
माडिगाउँपालिका कोर्चाबाङ्ग रोल्पा