काठमाडौं । पछिलो समयमा राजेश हमालले होस्ट गरेको कार्यक्रम को बन्छ करोड पति लोक प्रिय भैरहेको छ। ब्रिटेनको चर्चित टेलिभिजन शो ‘हु वान्ट्स टु वि ए मिलेनियर’को नेपाली संस्करण ’को बन्छ करोडपति’ अहिले प्रसारण भइरहेको छ। हिजो शनिबार प्रसारित एपिसोड ‘को बन्छ करोडपति’को विशेष एपिसोड थियो जुन एपिसोडमा विमान दुर्घटनामा आफू मरेर पनि यात्रुहरूलाई बचाउने साहसी पाइलट दिनेश न्यौपाने र को-पाईलट सन्तोष रानाको परिवारले ‘को बन्छ करोडपति’ खेले।
मयानायक राजेश हमालले सञ्चालन गर्ने कार्यक्रम शनिबार, आइतबार र सोमबार एपीवान एचडीबाट प्रसारण हुन्छ।०७२ साल फाल्गुन १४ शुक्रबारको नेपालगञ्जबाट जुम्लाको लागि उडेको विमान कालिकोटको चिलखायामा दुर्घटना हुँदा सबै ९ यात्री घाइते भए पनि क्याप्टेन दिनेश र कोपाइलट सन्तोषले ज्यान गुमाउन पुगेका थिए। को बन्छ करोड पति मा उनीहरुले ३ लाख २० हजार जितेका छन् । १० प्रश्न को सही जवाफ दिदै उनीहरुले उक्त रकम जितेका हुन् ।उनीहरुले राजेश हमालको शो मा आउँन पाउदा निक्कै खुसि लागेको प्रतिक्रिया समेत दिएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस: