फागुन १२, सल्यान । सल्यानको रेडियो शारदा एफएम आजदेखि ११ वर्षमा प्रवेश गरेको छ ।
२०६५ फागुन १२ गतेदेखि रेडियो शारदा एफएम ९९.२ मेगाहर्जले प्रशारण प्रारम्भ गरेको थियो । सशस्त्र जनयुद्व सकिएर शान्ति प्रकृया आइसकेपछि सल्यानमा रेडियो शारदा एफएम स्थापना भएको हो । अहिले यो रेडियो ५ सय वटाको क्षमताबाट सल्यान लगाएत अन्य आसपासका धेरै जिल्लाहरुमा सुनिने गर्दछ ।
ग्रामिण विकास सञ्चार केन्द्र द्धारा सञ्चालित रेडियो शारदाले परिवर्तन र शान्तिको आवाज भन्ने नारालाई आत्मसाथ गर्दै बिहान ५ बजेदेखि राती १० बजेसम्म प्रशारण हुने गर्दछ । पत्रकारिताको माध्यमवाट समाजीक रुपान्तरणमा रेडियो शारदाले पनि महत्वपुर्ण योगदान पुर्याएको देखिन्छ ।
आज वार्षिकोत्सवको अवसरमा बिहान साढे ११ बजे नेपाल पत्रकार महासंघ सल्यानको सभाहल खलंगामा सामुदायिक रेडियोको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम हुन लागेको रेडियोका अध्यक्ष तथा स्टेशन म्यानेजर प्रतिक इच्छुक शर्माले जानकारी दिए । ११ औँ वार्षिकोत्सवको अवसरमा रेडियोका अध्यक्ष प्रतिक इच्छुक शर्मा र सचिव दिपक शर्माले एक प्रेस विज्ञप्ती जारी गरेर शुभकामना व्यक्त गरेका छन् ।