• २०८० मङ्सिर २५ गते सोमवार

निर्मला पन्तका अभिभावकले छाडे धर्ना

पढ्न लाग्ने समय : १ मिनेट

१२ फागुन, कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका-२ का १३ वर्षीया बालिका निर्मला पन्तका बुबाआमाले धर्ना स्थगित गरेका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्ट मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले धर्ना स्थगित गरेका हुन् ।

छोरी निर्मलालाई बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै उनीहरु गत २५ गतेदेखि जिल्ला प्रशासन कार्यालयको मूल गेट अगाडि धर्ना बसेका थिए ।

निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या गरेको अवस्थामा उँखुबारीमा शव फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस