• २०८१ जेष्ठ ५ गते शनिवार

लाजियोले जित्यो सुपर कप उपाधि

पढ्न लाग्ने समय : १ मिनेट

पौष, ७ एजेन्सी । इटालियन जायन्ट युभेन्टसलाई पराजित गर्दै लाजियोले इटालियन सुपर कपको उपाधि जितेको छ ।

गएराति भएको खेलमा लाजियोले दश खेलाडी रहेर खेल अन्त्य गरेको युभेन्टसलाई ३-१ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।

साउदी अरेबियास्थित किङ साउद युनिभर्सिटी स्टेडियममा भएको खेलमा लाजियोलाई उपाधि दिलाउन लुइस अल्वेर्टो, सेनाद लुलिक र डानिलो काटाल्डीले गोल गरे । युभेन्टसका पाउलो डिबालाले एक गोल गरे ।

प्रतिक्रिया दिनुहोस