• २०८१ जेष्ठ ५ गते शनिवार

‘दबंग ३’ भन्दा आन्दोलन महत्वपूर्ण : अभिनेत्री सोनाक्षी सिन्हा

पढ्न लाग्ने समय : १ मिनेट

पौष, ७ काठमाडौँ । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा अभिनेत फिल्म अहिले ‘दबंग ३’ रिलिज भैरहेको छ ।

उनले उक्त फिल्मको व्यापार भन्दा पनि भारतमा भैरहेको आन्दोलनको बिषयमा कुरा गर्ने समय भएको बताएकी छिन् ।नायिका सिन्हा भनिन्–‘हामी सबैलाई थाहा छ भारतमा के भैरहेको छ । जनतालाई के महत्वपूर्ण हो भन्ने थाहा छ ।

तर, म दर्शकले जुन तरिकाको प्रतिक्रिया दिनुभएको छ, यसले उत्साहित छु । यो समयमा सिंगो देश नै एकत्रित भएको छ । यो चलचित्र भन्दा महत्वपूर्ण पक्ष हो ।’ म यो देशका नागरिकको पक्षमा छु । म ती मानिसहरुमाथि गर्व गरिरहेकी छु, जो आफ्नो आवाज उठाउन सडकमा आएका छन् । म उनीहरुको पक्षमा छु ।’

सोनाक्षीले भारतीय मिडियासँग भनेकी छिन्–‘मलाई लाग्छ कि, कोही यो बिषयमा बोल्न चाहन्छ भने उसले बोल्न सक्छ । कसैले चाहदैन भने नबोल्दा पनि हुन्छ । आखिर, यो उसको अधिकारको कुरा हो ।’

प्रतिक्रिया दिनुहोस