• २०८१ बैशाख १३ गते बिहिवार

बसको ठक्करबाट घाइते पशुपति क्याम्पसकी छात्राको मृत्यु, आक्रोसित विद्यार्थीले जलाए बस

पढ्न लाग्ने समय : १ मिनेट

पुस ७, काठमाडौं । बसको ठक्करबाट चावहिलस्थित पशुपति क्याम्पसमा बीबीएस चौथो वर्षमा अध्ययनरत गोरखा घर भएकी २१ वर्षीया सृष्टि पन्तको मृत्यु भएको छ।

बसको ठक्करबाट घाइते उनको उपचारको क्रममा ओम अस्पताल चावहिलमा मृत्यु भएको हो। पन्तलाई सोमबार बिहान पौने ६ बजे मध्यपुर ठिमी यातायातको बा ७ ख ५९३० नम्बरको बसले सुकेधारामा ठक्कर दिएको थियो। सडक पार गर्ने क्रममा उनलाई बसले ठक्कर दिएको बताइएको छ।

सहपाठीलाई गाडीले ठक्कर दिएको विरोधमा विहानैदेखि विद्यार्थीले चावहिल क्षेत्रमा यातायात अवरुद्ध गरेर प्रदर्शन गरेका छन्। उनिहरुले केही गाडीमा आगजनी र तोडफोडसमेत गरेका प्रहरीले जनाएको छ।

पन्तलाई सुकेधारामा गाडीले ठक्कर दिएको थियो। ठक्कर दिएर गाडी भागेपछि विद्यार्थीहरुले अन्य गाडीमा तोडफोड र आगजनी गरेका हुन्। प्रदर्शनका क्रममा विद्यार्थी र प्रहरीबीच केहीबेर झडप समेत भएको थियो। झडपमा परि केही विद्यार्थी र प्रहरी घाइते भएका छन्। पशुपति क्याम्पस वरपर ठुलो सँख्यामा प्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस