- राम बहादुर बिश्वकर्मा,रोल्पा
पौष ७, रोल्पा । रोल्पालाई १० वर्षे सशस्त्र जनयुद्धको उद्गमस्थल मानिन्छ। त्यसैको बलमा देशमा ठुला-ठुला परिवर्तन भए। लोकतान्त्रीक गणतन्त्र आयो, देशले नयां संविधान पनि पायो। तर रोल्पाली महिलाले भने परिवर्तनको महसुस गर्न पाएका छैन्न । देशले महिला राष्ट्रपति, महिला प्रधानन्यायधिस देखि रोल्पा कै महिला समामुख सम्म पायो तर व्यवस्थामा परिवर्तन आए पनि जिल्लाका दुर्गम गाउँका महिलाहरुको हातमा डोको, नाम्लो र हसिया छुटेको छैन ।
बिहानै उठ्ने बित्तिकि डोको बोक्दै स्याउँला घाँस दाउरा लिन जंगलतिर होमिन्छन्। हातमा हसिया र नाम्लो छोपेर बन तर्फ जाँदै गरेकी रोल्पा नगरपालिका ३ रामबेशी निबासी ३६ बर्षिया श्यामकली पुनले भनिन्, ‘एक भारी घास ल्याउन एक घण्टा लाग्छ, बिहान उठेर घरको काम पनि गर्नुपर्छ बिहानको धेरै समय खर्च हुने भएकाले छोराछोरीलाई स्कूल पठाउनसमेत समस्या हुने गरेको छ ।’
बिहान बेलुकाको अधिकांश समय घासै काटेर बित्ने गर्छ सोही पालिकाकी ४० बर्षिय नेमशरी पुनले बताईन। घाँस काटेर नै जीवन बित्ने भयो चुनावका बेलामा सबैले यो गर्छौं त्यो गर्छौं भने पनि आफूहरुले कतैबाट सहयोग नपाएको उनले गुनासो गरिन। साथै अहिलेसम्म आयआर्जनका केही कामसमेत नपाएको उनीहरुको गुनासो छ । डोको, नाम्लो र हसिया संग गाउँका ति महिलाहरुले पौठेजोरी खेल्दै जंगलतिर धाउनु रामबेशिका महिलाहरुको दैनिकी अनौठो र नौलो विषय नभएको सरोकारवालाको भनाई छ ।