• २०८१ चैत्र २ गते आइतवार

गाउँपालिकाका अध्यक्ष भोला गुप्ताको सरकारी गाडीमा ढुंगा प्रहार

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर  ७  ,बारा । बाराको प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला गुप्ताको सरकारी गाडीमा ढुंगा प्रहार भएको छ ।

अध्यक्ष गुप्ता चढ्ने ना १ झ १६३१ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार भएको बारा प्रहरीले जनाएको छ । ढुंगा प्रहारबाट गाडीको अगाडि र पछाडिको सीसा फुटेको छ । गाउँपालिकाको बैठक सकेर उपाध्यक्ष गीता साहलाई पुर्‍याउन बेलहिया गएर फर्कने क्रममा वडा नं ५ डिटोल आइपुग्दा गाडीमा आक्रमण भएको अध्यक्ष गुप्ताले बताए ।

सवारी चालक भाग्यनारायण साहको हातको औलामा चोट लागेको छ । मोटरसाइकलमा आएका उछंखल व्यक्तिहरूले अचानक गाडीमा आक्रमण गरेर भागेका थिए । ढुंगा प्रहार गरेको आरोपमा प्रहरीले प्रसौनी ५ का विकास कुमार मण्डललाई पक्राउ गरेका छ ।

उनलाई अभद्र व्यवहारको मुद्धा चलाइएको छ । घटनामा तीन जना संलग्न रहेकोमा एक जना पक्राउ परेको र दुई जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जित सिंह राठौरले बताए ।

प्रतिक्रिया दिनुहोस