मंसिर ७ ,काठमाडौँ । हरि हुमागाईं निर्देशान गरेको फिल्म ‘सरौतो’ को ‘यो जुनी’ बोलको नयाँ गीत रिलिज भएको छ ।
गीतमा कमल खत्रीको शब्द, संगीत र स्वर रहेको छ । गीतमा सुमी मोक्तान र सन्नी सिंहलाई रोमान्टिक अवतारमा देखाइएको छ । गीतको भिडियोलाई निर्देशक हुमागाईंकै कोरियोग्राफी रहेको छ ।
बदलाको कथा रहेको फिल्ममा सुमी र सन्नीका अलावा विजय लामा, युवराज लामा, आमिर गौतम, लियो ट्यांक, सम्पदा दाहाल, धिरेन शाक्य, अरुणा कार्कीलगायतका कलाकारको अभिनय रहेको छ।(हेर्नुस् भिडियो)