• २०८० चैत्र ३० गते शुक्रवार

दाइजो स्वरुप दिएको मोटरसाइकल नामसारी नगरिदिएको भन्दै महिलाको हत्या

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ७ ,जनकपुरधाम। जिल्लाको मिथिला–बिहारी नगरपालिका ४ मिथिलेश्वरमा दाइजो स्वरुप दिएको मोटरसाइकल नामसारी नगरिदिएको भन्दै महिलाको हत्या गरिएको छ ।

मिथिलेश्वरमा २२ बर्षीया कुसुम मण्डलको उनकै श्रीमान प्रकाशले हत्या गरिएको हो । कुमुमका बुवा जिवछ मण्डलका अनुसार मोटरसाइकल नामसारी गराउन भन्दै प्रकाशले पटकपटक श्रीमतीलाई कुटपिट गर्ने गरेका थिए ।

मृतक कुसुमलाई ससुरा रामचन्द्र मण्डलले शुक्रबार राति जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याएका थिए । पासो लगाएर आत्महत्या गर्न खोज्दा उद्दार गरेर ल्याएको बताएका थिए । तर उनको मृत्यु भएपछि उनी शव छाडेर फरार भएका छन् ।

कुसुमको करिब डेढ बर्षअघि प्रकाशसँग विवाह भएको थियो । उक्त घटनाबारे अनुसन्धान भइरहेको धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस