• २०८२ बैशाख ४ गते बिहिवार

नवलपरासीको सुनवल नगरपालिकामा २७ जनामा डेंगु रोगको संक्रमण, जोखिम कम भएको भ्रममा नपरि सचेत रहन स्वास्थ्यकर्मिहरुको आग्रह

पढ्न लाग्ने समय : ३ मिनेट
  • विमल भट्टराई /ईन्दिरा विश्वकर्मा, सुनवल

कार्तिक ६, नवलपरासी । नवलपरासीको सुनवल नगरपालिकामा हाल सम्ममा २७ जनामा डेंगु रोगको संक्रमण देखिएको सुनवल नगरपालिका सिनियर अहेव अधिकृत चुरामणि नेपालले बताउनुभएको छ । उहाँका अनुसार नवलपरासी जिल्लामा ८० जनामा डेंगु रोगको संक्रमण देखिएको छ ।

यस्तै प्रदेश नं ५ मा १४ सय ९९ जनामा डेंगु रोगको संक्रमण देखिएको छ भने नेपालभरीको डेंगु प्रभावित ब्यक्तिहरु ११ हजार ४ सय ४८ रहेका छन् । नेपाल भरी डेंगु रोगको संक्रमण महामारीको रुपमा फैलिएको अवस्थाबाट अहिले भने यसको प्रभाव क्रमिक रुपमा घट्दै गएको पाईएतापनि यसको संक्रमण अझैपनि रहेको उहाँले बताउनुभयो । यो लामखुट्टे हुर्कनको लागी तातो हावापानि चाहिने गर्दछ । हिमाली र पहाडि क्षेत्रमा भन्दा तराई क्षेत्रमा अझैपनि यसको लागी प्रयाप्त वातावरण रहेको हुनाले मंसिर महिनाको अन्तिम सम्ममा यसको संक्रमण देखिन सक्ने सुनवल नगरपालिका सिनियर अहेव अधिकृत चुरामणि नेपालले बताउनुभयो ।

डेंगु रोग संक्रामक एक भाईरस हो । यो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाई बाट लाग्ने गदर्छ । यो रोग डेंगु संक्रमण लामखुट्टेले स्वस्थ ब्यक्तिमा टोकेको खण्डमा सर्ने गर्दछ । यो एक ब्यक्ति बाट सिधै स्वासप्रश्वासको माध्यमबाट सर्दैन । डेंगु रोग लागेका ब्यक्तिहरुमा एक्कासी १ सय २ डिगी्र फरेन्हाईट भन्दा धेरै ज्वरो आउने र असाध्यै टाउको दुख्ने गर्दछ । आखाँको गेडी दुख्ने , हातखुटाको जोर्नीहरु दुख्ने,शरीरमा साना साना दानाहरु आउने र अन्तिममा गएर नाक र गिजाबाट रगत बग्ने गर्दछ । डेंगु रोग संक्रमित लामखुट्टेले टोकेको ५ देखि ७ दिन भित्रमा उपयुक्त उपचार नपाएको खण्डमा विरामीको मृत्यु समेत हुने गर्दछ ।

यो विशेष गरी न्यानो वातावरण , सफा र स्थिर पानिमा अण्डा पार्ने भएको हुनाले घर वरिपरि पानि जम्न नदिने र पानि जम्ने खाल्टाखुल्टिहरु पुर्ने, त्यसैगरी घर वरपरका टायर , कुल्लर,फुलदानीहरुमा जमेको पानीमा यो लामखुट्टेले फुल पार्न सक्ने भएकोले त्यस्तो ठाउँहरुमा पानि जम्न नदिने गर्नुपर्दछ । यो लामखुट्टे दिउसो बडि सक्रिय हुने भएको ले दिउसोको समयमा बालबालिकाहरुलाई सुताउदा झुलको प्रयोग गर्ने, यदि कुलरहरु प्रयोग भएको छ भने त्यस्मा हप्ताको २ देखि ३ पटक एक दुई चम्चा मटितेल राख्दा यसको लार्भाहरु मर्ने गर्दछ ।

डेंगु संक्रमण गराउने लामखुट्टेले अण्डा उत्पादन गरेको २ देखि ३ दिन भित्रमा यसले लार्भा पाउने गर्दछ र त्यो लार्भा भएको ४ देखि ५ दिनमा यो पियुपामा परिणत हुन्छ र पियुपा भएको १ देखि २ दिनमा बयष्क मच्छड बन्दछ र बयष्क भएको लामखुट्टे १४ देखि २१ दिन सम्म बाच्ने गर्दछ । २१ दिन पछि यो आफै मर्ने गर्दछ । नेपालका अनुसार १४ देखि २१ दिन भित्रमा मर्ने लामखुट्टेको पछाडि नपरि एउटा लामखुट्टेले आफ्नो जिवनकालमा ३ सय ओटा सम्म अण्डा पार्ने गर्दछ । ति लार्भाहरुलाई स्प्रे ले मात्र नष्ट गर्न नसकिने भएको ले लार्भा खोज र नष्ट गर भन्ने अभियान गर्न जरुरी रहेको बताउनुभयो । यदि यसको बासस्थान पत्ता लगाएतर त्यस्ता लार्भा नष्ट गर्न सकेको खण्डमा यो रोग बाट बच्न सकिने उहाँले बताउनुभयो ।
डेंगु रोग लागी सकेका ब्यक्तिहरुमा सेता रक्त कोष इम्युनिटि पावर कमि भएर विरामी अत्यन्त कमजोर हुने गर्दछ । नेपालले
यो रोग लागी सकेपछि नआत्तिने ,जथाभावि औषधीको प्रयोग नगर्ने र डाक्टरको परामर्श लिएर मात्र औषधी सेवन गर्नुपर्ने उहाँले बताउनुभयो । साथै विरामीले ईम्युनिटि पावर बढाउने पौष्टिकतत्व युक्तखाना , फलफुल र अत्यधिक मात्रामा झोलिलो पदार्थहरु पिउने र आराम गर्नुपर्ने बताउनुभयो ।

यदि रोग लागेको शंका लागेमा तुरुन्त नजिकैको स्वास्थ्य चौकीमा गएर स्वास्थ्यकर्मिहरुको सल्लाह अनुसार औषधी सेवन गर्नुपर्ने बताउनुभयो । यो संक्रामक रोग हो । यो एक भाईरस बाट हुने गर्दछ । यसको खासै उपचार नभएको हुदाँ सुनवल नगरपालिका बासीहरुलाई मंग्सिर महिनाको अन्तिम सम्ममा यसको संक्रमण रहेको हुनाले डेंगु रोगको जोखिम कम भएको भ्रममा नपरि सचेत रहन सुनवल नगरपालिका सिनियर अहेव अधिकृत चुरामणि नेपालले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस