कात्तिक ६, काठमाडौं । युवाहरू विदेश पलायन भइरहेको बेला नेपाल मै केही गर्नुपर्छ भनेर ३ करोड लगानीमा एउटा युवा टिम ले काठमाडौंमा चन्द्रागिरी न. पा वडा ८ मातातिर्थमा कम्पनी सुरु गरेका छन ।
दुषित पानी रहेकाे काठमाडौंमा छुट्टै मुलकाे पानी खुवाउन उदेश्य लिएर पानी बजारमा आएको युवा व्यवसायिक तथा कम्पनी का व्यवस्थापन प्रमुख भानु खनालले बताए अहिले बजारमा दुषित पानी खाइरहेका काठमाडौं बासिन्दा ले पानीको माग बढिरहेको उनले बताए । उनले पानी Iso 2005-22000 रहेको र पानी आउने दिनमा बाहिर जिल्ला तथा बिदेशा पनि बजार बढाउने उदेश्य ले काम भइरहेको खनालले बताए । यसरी दिन दिन युवा हरु बिदेश गइरहेको बेला नेपाल मै केही गर्न सकिन्छ भने यो युवा समुहले देखाएको छ।