• २०८१ माघ २६ गते शनिवार

गुल्मीमा जिप दुर्घटना हुँदा एकको मृत्यु एक घाईते

पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ६, गुल्मी । गुल्मीको जयखानीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

कालिगण्डकी गाउँपालिका–३ साविक जयखानी गाविसको उकालोमा लु १ च ४५५८ नम्वरको जिप ब्रेक फेल भई दुर्घटना हुँदा सोही वडाका ४८ बर्षीय झुमबहादुर बिक मृत्यु भएको हो । उनको उपचारको क्रममा पाल्पा मिशन अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा एक जना सामान्य घाईते भएका छन । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस