• २०८२ जेष्ठ ७ गते मङ्गलवार

५५ थान मोबाइलसहित दुई भारतिय पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

आश्विन ६ काठमाडौँ, ।भारतका विभिन्न स्थानमा मोबाइल चोरी गरी नेपालमा बिक्री वितरण गर्ने गरेको तथ्य फेला परेको छ।

महानगरीय प्रहरी प्रभाग बलम्वुले भारतको दिल्लीबाट राजधानी आउँदै गरेको डि।एल।१२ सि।ए।१४५८ नम्वरको सेतो महेन्द्रा गाडीबाट १० लाख बराबरका मोबाइलसहित दुईजना भारतीय नागरिक लक्ष्मीनगरका ३३ बर्षीय दीपक महाजन र दिल्ली शास्त्रीपार्कका ३६ बर्षीय मोहम्द चाँदलाई पक्राउ गरेको छ।महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले चेकजाँचको क्रममा विभिन्न कम्पनीका विभिन्न व्राण्डका ५५ थान मोबाइलसहित दुई जनालाई पक्राउ गरेको बताए ।

उनीहरुबाट बरामद गरिएका मोबाइलमा आईफोन, स्यामसुङ, एमआई, कुलप्याड लगायत कम्पनीका रहेका छन् । पक्राउ परेका दुवैजनालाई गाडी र बरामद मोबाइलसहित राजस्व अनुसन्धान विभागमा पठाइएको बलम्वु प्रहरीले नाएको छ ।

प्रतिक्रिया दिनुहोस