• २०८१ चैत्र ३ गते सोमवार

फिफा अवार्ड आज : मेस्सी, रोनाल्डो र भान डाइकमा कसले मार्ला बाजी ?

पढ्न लाग्ने समय : १ मिनेट

असोज ६, काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) ले सन् २०१९ को उत्कृष्ट फिफा वर्ष खेलाडी अवार्ड आज (सोमबार) राति इटालीको मिलानमा विशेष कार्यक्रमबीच प्रदान गर्दैछ ।

अवार्डका लागि फिफाले तीन जना खेलाडीको मनोनयन यसअघिनै सार्वजनिक गरिसकेको छ । मनोनयनमा लियोनल मेस्सी, भर्जिल भान डाइक र क्रिस्टियानो रोनाल्डो परेका छन् । यी तीन खेलाडीमध्ये कस्ले अवार्ड जित्ला भन्ने कौतुहलता बढेको छ ।

तीनै जना खेलाडी यसअघि युरोपेली फुटबल महासंघ (यूईएफए) को उत्कृष्ट वर्ष खेलाडीको पनि मनोनयनमा परेका थिए । यूईएफएको उत्कृष्ट अवार्ड भने भाइ डाइकले जितेका थिए ।

फिफाले शीर्ष तीनमा रहेका मध्येबाट फिफामा आबद्ध सबै देशका राष्ट्रिय प्रशिक्षक र कप्तान, क्षेत्रीय प्रतिनिधित्व हुनेगरी छनोट भएका पत्रकार तथा फिफा डट कम मार्फत् विश्वभरका फुटबल समर्थकको मतदानका आधारमा उत्कृष्ट वर्ष खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गर्दछ ।

खेलाडीसँगै फिफाले अन्य विधाको अवार्डका लागि अन्तिम तीनको मनोनयन पनि यसअघि नै सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस