आश्विन ६ बझाङ। केदारस्युँ गाँउपालिका-७ को वडा कार्यलयमा शनिबार राति आगलागी हुँदा कागजातलगायत रजिष्टर, सोफासेट, कम्प्युटर, सोलार सेट, फोटोकपी मेशिनलगायत दराजमा भएका सबै कागजातहरु जलेर नष्ट भएको बताइएको छ ।
शनिबार अज्ञात समूहले वडा कार्यालय तोडफोड गरी कार्यालयको आगजनी गरेको वडाध्यक्ष प्रेम बोहोरले जानकारी दिनुभयो । आगजनीबाट वडा कार्यालयमा झण्डै २० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।का अनुसार गाउँकै नरेन्द्र धामी भन्ने व्यक्तिले आफू विप्लव समूहमा आबद्ध भएको भन्दै वडा कार्यालय तोडफोडका सातै आगजनी गरेको स्थानीय बासिन्दा बताउनू भयो ।
उनीहरुका अनुसार आरोपित धामीले वडा कार्यालयको कम्प्युटर लिएर गएको र अहिले फरार रहेका छन् ।वडा कार्यालयमा आगजनी गरिएको घटनामा आफ्नो पार्टीको संग्लग्नता नभएको नेत्र विक्रम चन्द नेकपा विप्लव समूहका जिल्ला इन्चार्ज विराटले बताएका छन् ।