असोज ६ सप्तरी।राजविराटबाट डाक्नेश्वर नगरपालिका, ७ ब्रहमपुरका २५ वर्षीय भगवती मण्डलमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ ।
मण्डलमाथि विशहरियास्थित कोशी पम्प नहरमा अज्ञात समूहले गोली हानेको थियो । उनको बाँया पाखुरामा गोली लागेको र उपचारका लागि धरानतर्फ पठाइएको सप्तरीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाइँले जानकारी दिए ।