आश्विन ६ महोत्तरी,।आइतबार एकडारा गाउँपालिकामा जितिया पर्वको उपवास बसेकी एकडारा गाउँपालिका–६ बगेयाकी ७१ वर्षीया मिथिलेश देवी पाण्डेको मृत्यु भएको छ ।
तराईमा जितिया पर्वलाई निक्कै कठोर पर्वको रुपमा लिने गरिएको छ । वृद्धा खाली पेट त्यतिसमयसम्म बस्न नसक्दा र यस पर्वको समापन अघि कुनै खानेकुरा वा पानी पनि खाएमा पर्व भङ्ग हुने टुट्ने मान्यता रहेको कारण पर्व सकिनु अघि खान नमानेपछि उनको शरीरले भोको पेट थेग्न नसक्दा मृत्यु भएको जनाएको छ ।जितिया पर्व बसेकै बेला महिलाको मृत्यु भएको महोत्तरीमा यो पहिलो घटना रहेको बताइएको छ ।