• २०८२ बैशाख १६ गते मङ्गलवार

मृगौला पिडीत धनमायालाई आर्थिक सहयोगका लागि अपिल

पढ्न लाग्ने समय : १ मिनेट

असोज ६, इलाम । जिवनको कष्टपुर्ण जिवन बिताईरहेकी धनमाया अधिकारीलाई नँया जिवन दिनका लागि आर्थिक सहयोग गरिदिनुहुन उहाको पति टंक प्रसाद अधिकारीले अपिल गर्नु भएको छ ।

रोङ गाउपालिका १ शान्तिपुर, इलाम निवासी धनमाया अधिकारी विगत चार वर्ष देखि मृगौला पिडित भई विराटनगरको नोवेल अस्पतालमा उपचार गराउदै आउनु भएको छ । उहाँको एउटा मृगौलामा प्वाल रहेको छ । नोवेलमा उपचार संभव नभएपछि धरान स्थित वि पी कोइराला प्रतिष्ठान लैजान पर्नेमा आर्थिक अवस्था कमजोर भएर अहिले कष्टकर जिवन बिताउदैं आउनु भएको छ ।

आर्थिक रुपले विपन्न उहाहरुको चार बर्ष देखि उपचार गर्दा घरमा भएको जायजेथा सबै सकिएको बस्न घर भन्दा अरू केही बाँकी नरहेको ,आफु पनि फोक्सोको विरामी भएको साथै छोराहरु दुईभाई सानै भएको हुदाँ सहयोग गरिदिनु हुन अपिल गरेको धनमायाका पति टंकप्रसाद अधिकारी बताउनु भयो ।

उहाको उपचारका लागि दस लाख भन्दा बढी लाग्ने हुदाँ सहयोगको लागि सबैसँग हात फैलाएको उहाले बताउनुभयो। उहाहरुलाई सहयोग गर्नका लागि नेपाल राष्ट्रिय वाणिज्य बैंकको खाता नः २१०००१३४१८१० मा रकम जम्मा गरि सहयोग गनृ सक्नुहुनेछ । बिरामीका बारेमा वा अन्य कुराहरुको बारेमा बुझ्न परेमा उँहाको श्रीमान टंकप्रसाद अधिकारीको मोवाइल नं. ९८१५०६७५३२ मा सम्र्पक गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस